बाबुरामको उपचार खर्च ८५ हजार
भक्तपुर– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको उपचारमा जम्मा ८५ हजार खर्च भएको छ ।
बुधबार अस्पतालबाट डिस्चार्ज हने क्रममा डा. भटट्राइले अस्पतालमै पत्रकार सम्मेलन गरेर औषधीसहित ८५ हजार खर्च लागेको जनाकारी दिएका थिए ।
उनले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । ‘देशभित्र भएका सेवा सुविधा लिनुपर्छ । यहाँ उपचार सम्भव नभए मात्रै विदेश जाने हो । नेपालमा भएका सेवा सुविधा छोडेर विदेश जानू भनेको खोक्रो आदर्श हो,’ पत्रकार सम्मेलनमा उनले भने– ‘धन हुनेले त विदेश जाने हो नहुनेले के गर्ने ?’
उपचारमा लागेको सबै खर्च आफैले बेहोरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आजसम्म सरकारबाट एक रूपैयाँ पनि उपचार खर्च नलिएको प्रश्ट पारे ।
भटराईले भक्तपुरको भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा मूत्रथैलीको शल्यक्रिया गरेका थिए । उनी ६ दिनपछि बुधबार डिस्चार्ज भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण