मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामको उपचार खर्च ८५ हजार

बुधबार, २५ साउन २०७४, १६ : ४२
बुधबार, २५ साउन २०७४

भक्तपुर– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको उपचारमा जम्मा ८५ हजार खर्च भएको छ । 

बुधबार अस्पतालबाट डिस्चार्ज हने क्रममा डा. भटट्राइले अस्पतालमै पत्रकार सम्मेलन गरेर औषधीसहित ८५ हजार खर्च लागेको जनाकारी दिएका थिए  । 
उनले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृतिको अन्त्य  गर्नुपर्ने बताए । ‘देशभित्र भएका सेवा सुविधा लिनुपर्छ । यहाँ उपचार सम्भव नभए मात्रै  विदेश जाने हो । नेपालमा भएका सेवा सुविधा छोडेर विदेश जानू भनेको खोक्रो आदर्श हो,’ पत्रकार सम्मेलनमा उनले भने– ‘धन हुनेले त विदेश जाने हो नहुनेले के गर्ने ?’

उपचारमा लागेको सबै खर्च आफैले बेहोरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आजसम्म सरकारबाट एक रूपैयाँ पनि उपचार खर्च नलिएको प्रश्ट पारे ।

भटराईले भक्तपुरको भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा मूत्रथैलीको शल्यक्रिया गरेका थिए । उनी ६ दिनपछि बुधबार डिस्चार्ज भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप