जुवा अड्डा चलाएको आरोपमा बलिउड अभिनेत्री भाग्यश्रीका श्रीमान् पक्राउ
बलिउड अभिनेत्री भाग्यश्रीका श्रीमान् हिमालय दासानीलाई मुम्बईको लोखण्डवाला इलाकामा जुवाको अड्डा संचालित गरेको आरोप लागेको छ । आरोपीसँग सोधपुछपछि नाम सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । यद्यपि, मंगलबार अदालतले उनलाई जमानत दिएको छ । पुलिसले ११ जूनमा एक फ्ल्याटबाट २१ जुवाडेलाई पक्राउ गरेको थियो ।
पुलिसका अनुसार छापामारीको क्रममा फ्ल्याटबाट एउटा डायरी पनि भेटिएको थियो । यसमा जुवा अड्डाका मालिकको रुपमा दासानीको नाम लेखिएको थियो । त्यहाँबाट ७.५ लाख भारु नगद पनि बरामद गरिएको थियो । फ्ल्याटको हेरविचार गर्ने दीपक गुप्ताका अनुसार उक्त अड्डाका मालिक हिमालय दासानी र उनको पार्टनर करण ठक्करको हो ।
हिमालयले सन् १९९० मा भाग्यश्रीसँग विवाह गरेकी थिइन् । विवाहपछि भाग्यश्रीले श्रीमानसँग तीनवटा फिल्ममा काम गरिन् । दासानी एक प्रोडक्सन हाउस र केही अन्य व्यवसायका मालिक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण