हलिउडदेखि कलिउडसम्म शिल्पा (फोटो)
काठमाडौँ– हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् ।
हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चलचित्र गरिन् । तर यी दुवै फिल्मले उनलाई खासै सफलता दिलाउन सकेन ।
शिल्पा अहिले फेरि चर्चामा पनि छिन् । आगामी २७ गते प्रदर्शनमा आउने फिल्म ‘सानो मन’को कारण चर्चामा छाएकी हुन् । फिल्ममा उनको जोडी आयुष्मान देशराज जोशी बनेका छन् । तर जोशीले फिल्म प्रचार प्रसारमा त्यति साथ नदिँदा शिल्पा मात्र सबै मिडियामा पुगिरहेकी छन् ।
‘सबैतिर प्रचारका लागि कुद्नु पर्दा दुःख त हुन्छ नै’ शिल्पाले भनिन्, ‘चारैतिर मिडियामा छाउँदा दुःख त्यसै भुलिँदो रहेछ ।’
‘सानो मन’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म होे । यस फिल्मबाट शिल्पा निकै आशावादी पनि छिन् । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्ममा आयुष्मान आफ्नो फिल्मी रोमान्स राम्रो भएको उनी बताउँछिन् ।
काठमाडौँ नेवार समुदायमा हुर्के पनि उच्च शिक्षा अध्ययनका लागि सन् २००९ मा लन्डन पुगेकी उनी एक समय बिजिनेस म्यानेज्मेन्टमा अध्ययन गर्दागर्दै बिदाको समयमा नेपाल आएकी थिइन् । सोही समय उनले हलिउड फिल्म अभिनय अवसर पाएकी हुन् ।
हलिउड र नेपाली दुवै फिल्म अभिनयको उनीसँग बेग्लाबेग्लै अनुभव रहेको छ । नेपाली फिल्म युनिटभन्दा हलिउड युनिट कामप्रति निकै सजक, अनुसाशित र डेलिकेटेट रहेको उनले बताइन् ।
शिल्पा अब अभिनयको साथसाथै अध्ययन पनि अगाडि बढाउने सोचमा छिन् । अध्यायनको समय मिलाएर लगातार फिल्म अभिनय गर्ने उनको चाहना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक