द कपिल शर्मा शोबाट ब्रेक लिइरहेका छन् कपिल शर्मा, श्रीमतीका लागि उठाए यस्तो कदम
कपिल शर्मा आजकाल आफ्नो कमब्याक टिभी शो ‘द कपिल शर्मा शो सिजन टु’ बाट सबैलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । आफ्नो कार्यक्रमलाई रमाइलो बनाउनका लागि उनले नयाँ–नयाँ ट्वीस्ट पनि ल्याउने गर्छन् । यसैबीच कपिल शर्माले आफ्नो कार्यक्रमबाट ब्रेक लिने खबर सार्वजनिक भएको छ । विशेष कुरा के छ भने कपिलले यो ब्रेक आफ्नो घरमा आउन लागेको नयाँ पाहुनाका लागि लिइरहेका छन् ।
बलिउड लाइफको रिपोर्ट अनुसार कपिल शर्मा चाँडै नै मिनी ब्रेकमा जाँदैछन् । कपिल शर्माकी श्रीमती गिन्नी चतरथ तीन–चार महिनाकी गर्भवती छिन् । कपिल शर्मा आफ्नी गर्भवती श्रीमतीसहित बेबी मुनमा जाने योजनामा छन् । खबरका अनुसार यी दुई क्यानडा घुम्न जाने तयारीमा छन् ।
गिन्नी चतरथसँग विवाह गरेलगत्तै उनी कपिल शर्मा शोमा फिर्ता भएका थिए जसका कारण उनीहरु हनिमुनमा पनि जान सकेका छैनन् त्यसकारण उनीहरुले बेबीमुनमा जाने योजना बनाएको भारतीय संचार माध्यमले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण