बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !
बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपुग्ने’ ठहर गरेको हो ।
दुवै मुद्दाको फैसला न्यायाधीश रमेशराज पोखरेलले गरेका हुन् ।
अधिवक्ता दीपकराज जोशीले दुइटा मुद्दा २०७३ असार १२ गते जिल्ला अदालत काठमाडौँमा दर्ता गरेका थिए ।
‘दूषित निर्णय बदर’ सम्बन्धी दुवै मुद्दामा २०४९ र ०६७ सालमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा कानुन उल्लंघन भएको, भूमाफियाको चंगुलमा परेर सरकारी निकायले गलत निर्णय गरेको, मन्त्रिपरिषद्ले समेत कानुन उलंघन गरेको र असम्बन्धित निकायले मोहीसम्बन्धी निर्णय गरेको दाबी गर्दै सबै निर्णय बदर हुनुपर्ने माग गरिएको थियो ।
सुनुवाईका क्रममा विभिन्न न्यायाधीशको इजलासमा परेको उक्त मुद्दा पछि १ नम्बर न्यायाधी पोखरेलले आफ्नो इजलासमा राखे । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
-
बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण