वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !
जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ ।
कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन् । तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए ।
खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो। बसाइ सराइँको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेका छन् ।
तर उनको अन्यत्रै सरुवा भइसकेको छ। ‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो । तर बाआमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा हिक्मतबहादुर नेपालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण