निर्मलालाई न्याय माग्दै नेविसंघको प्रदर्शन
शुक्रबार, १० साउन २०७६, ११ : ४३
काठमाडौँ– नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।
पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेको हो ।
‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।
पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण