कुवेतले कतारलाई हरायो, नेपाललाई राहत
एजेन्सी । सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा कुवेतले पहिलो जित हात पारेको छ । इन्डियन एसोसिएसन क्रिकेट मैदानमा शुक्रबार बिहान भएको खेलका कुवेतले कतारलाई १० रनले हरायो । कुवेतको जितले नेपाललाई केही राहत मिलेको छ ।
कुवेतले दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८७ रनमा समेटिएको थियो । कतारका लागि कप्तान तमुर साजादले अविजित ४६ रन बनाए । नुमन सर्वारले अविजित ३४ रन बनाए । इनाम उल हकले २८ र फैसल जाभेदले २४ रन बनाए । कुवेतका सिराज खान र जन्दु हामुदले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा सात विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । कुवेतका लागि आदनन इड्रेसले ५६ रन बनाए । कप्तान मुहमद कासिफले ४३, मिट भाबसरले ३५ र उस्मान वाहिदले अविजित २८ रन बनाए । कतारका इकबाल हुसेन र नुमन सर्वारले समान दुई दुई विकेट लिए । जितसँगै कुवेत दोस्रो स्थानमा उक्लिएको छ । कुवेतले तीन खेलबाट तीन अंक बनाएको छ ।
दोस्रो हार खेपेको कतारको दुई अंक छ । आजै अर्को खेलमा सिंगापुर र मलेसिया भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण