बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कुवेतद्वारा नेपालसामु  १ सय ४२ रनको लक्ष्य प्रस्तुत

शनिबार, ११ साउन २०७६, ०८ : ५४
शनिबार, ११ साउन २०७६

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगितामा कुवेतले नेपालसामु जीतका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए । उनले मात्र ३६ बलमा २ चौका र ४ छक्का हिर्काउँदै सो रन बटुलो ।

त्यस्तै, अदनान इद्रेसले २५ रनको योगदान दिए भने मोहमद असलामले २३ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खचिए ।

यता, करन केसीले दुई विकेट लिए भने अविनास बोहराले १ विकेट लिए ।

सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको छ । यद्यपि दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराउँदै छनोटको गणितिय सम्भावना कायम राखेको छ ।

नेपाललाई अन्य खेलमा गर या मरको अवस्थामा छ। छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप