कविता : मेरी प्यारी छोरी
-चन्डिका भट्टराई
अचम्म लाग्छ मलाई, तिम्रा यी साना आँखामा
आफ्नो सिङ्गो संसार देख्दा
यी साना ओठमा सजिएको मुस्कान हेरि
जीवनका ठूला ठूला तनाव बिर्संदा ।
अचम्म लाग्छ मलाई, तिम्रा यी साना मुठ्ठीमा
यति धेरै खुशी अटेको देख्दा
तिम्रा यी साना खुट्टाहरुले उभिन गरेका सङ्घर्ष हेरि
आफूले पाइला पाइलामा गरेको सङ्घर्ष बिर्संदा
अचम्म लाग्छ मलाई
पलपल तिमीले आफूतिर आकर्षित गरेको देख्दा
चुलबुलिएर तिमीले गरेको बदमासी पनि
मलाई यति धेरै मन परेको देख्दा ।
अचम्म लाग्छ मलाई
तिमीप्रतिको यो माया मोह देख्दा
तिम्रा साना साना गतिविधिमा अल्झिएर
आफ्ना ठूला ठूला लक्ष्यहरु मा छाया पार्दा
दिन प्रतिदिन तिमी बढेको हेरी, त्यसैमा मोहित भई बस्दा ।
मेरी प्यारी छोरी,
जब तिमी बामे सर्दै आएर, मेरो काखमा लुटुपुटु गर्छौं,
साना तिम्रा हत्केलाले, मलाई स्पर्स गछ्र्यौ
खेल्दै, चल्दै मलाई खोज्दै पल्याक पुलुक हेछ्र्यौ,
तिमीलाई थाहा छैन, खुशी र उमङ्गका
अनेकौँ रङ मेरो मनमा, जीवनमा भछ्र्यौ ।
तिमी लड्छौ, पल्टन्छौ फेरि आफै उठ्छौ
नयाँ केही देखे, नियाली खुबै हेर्छौ
माइक्रोस्कोप जस्ता तिम्रा आँखा,
भुइँका साना दाना पनि देख्छौँ
चुम्बकले फलामका टुक्रा तानेझैँ
फेरि ती साना दाना नि औँलाले टिप्छौ ।
खेल छ तिम्रो आफ्नै,आफ्नै छ खेल्ने तरिका
अचम्म लाग्छ यो जानेर कि
तिम्रै वरिपरि छन् मेरा खुशी संसारभरिका ।
मेरी प्यारी छोरी,
यसै फुरुङ्ग भई डुल्छौ तिमी यता उता
सोच्छु म, साच्चै भगवानकै रूप हो यो बाल अवस्था
पत्थरकै मुटु होला त्यो मानिसको जो नियाल्न सक्दैन
सृष्टिको यो अनुपम सुन्दरता ।
काठमाडौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण