कविताः बाटाहरू राजनीति गर्दैनन्
-साकार बाबु सुबेदी
बाटाहरू राजनीति गर्दैनन्
त्यसैले, बाटाहरु कहिँ पुग्दैनन्,
सयौं बटुवाहरु पार लगाँउदै,
स्थिर भएर बसिदिन्छन् ।
पुग्ने त बाठाहरु हुन्
जादुगर झैं दृश्य बदलेर,
हिंडिसकेको बाटो नष्ट गरेर,
बाठाहरु बाटो पार भैदिन्छन् ।
बर्षात्मा बारिका पाटाहरु झैं देखिने
हिलाम्य बाटाहरुमा पनि,
बेफिक्री आशाका फसल उमारेर,
बाठाहरु मलाई बिक्री गर्न खाज्दै छन् ।
तिनैे फसललाई बीष रहित देख्ने
मेरा असल आँखाहरूले आज,
तिमीले बिगारेका बाटाहरुको
लेखाजोखा गर्न सक्दैनन् ।
बर्षाका पानीहरुमा राजनीति देख्ने
मेरा आँखाका नानीसम्मका डुवानहरु,
आज तिम्रो साँधसम्मका बाटाहरु नदेखेरै
निषेध गरिएका मनका बाँध खुल्न सकेनन् ।
हरेक साल मौसम बद्लिए झैं बाटाहरू मथि,
तिम्रा राता कर्पेटहरुमा बार्षिकी मनाउनेले,
सिन्धु घाटलाई उत्तर तिर फर्काएर,
विभीषणको खोलमा रामको पुजा गर्दै छ ।
बाटाहरु राजनीति गर्न जान्दैनन्,
त्यसैल,े हिलो छ्यापाछ्याप गर्दैनन्
अफ्ठ्यारा घुम्ति अनि चेपहरुमा पनि,
बाटाहरू बिचलित हुन खोज्दैनन् ।
कहिल्यै, कहिं पनि नपुगने त,
म जस्ता लाटाहरु हुन्
बिग्रिइसकेका बाटाहरुबाट,
आफ्ना गन्तव्य खोज्दै छन् ।
बाह्र बर्षपछि तिम्रा बाटाहरु कुर्दै छु,
कतै साँच्चै ढुङ्रोबाट निस्कन्छौ होला,
धेरै टाढा पुगिसकेको राजनीति हेरेर,
पुच्छर सिधा हुने सोच्दै छन् ।
भैसेपाटी , ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण