बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

साउदी अरबलाई हतियार बेच्न अमेरिकी कांग्रेसविरुद्ध नै उभिए डोनाल्ड ट्रम्प

शनिबार, ११ साउन २०७६, १३ : २८
शनिबार, ११ साउन २०७६

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई आठ अर्ब अमेरिकी डलरको हतियार बेच्ने सम्झौतामा भिटो प्रयोग गरेका छन् । 

अमेरिकी कांग्रेसले साउदी र यूएईसँग गरेको सम्झौताले नकारात्मक असर गर्ने भन्दै सम्झौता रोक्न प्रस्ताव गरेको थियो ।  

ट्रम्पले भने उक्त सम्झौता रद्द गर्दा विश्वमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र अमेरिकाका मित्र शक्तिसँग सम्बन्ध बिग्रने बताएका छन् ।  

अमेरिकी संसद(कंग्रेस)का केही सदस्यले यो सम्झौताका कारण बेचिने हतियार यमनमा जारी युद्धमा शहरी जनसंख्या विरुद्ध प्रयोग गरिने चिन्ता व्यक्त गरेका छन् ।

यी सदस्यहरुले यमन युद्ध अतिरिक्त पत्रकार जमाल खशोग्गीको हत्यामा पनि साउदी अरबको भूमिकाको निन्दा गरेको थिए । 

सत्तारुढ रिपब्लिकन पार्टीका प्रवत्ता मिच म्याकोनेलका अनुसार आगामी केही दिनभित्र ट्रम्पको भिटो खारेज गर्ने विषयमा संसदमा मतदान हुनेछ । 

अमेरिकी सिनेटले राष्ट्रपतिको भिटो निस्क्रिय बनाउनको लागि दुई तिहाई बहुमत जुटाउन पर्छ ।  

ट्रम्पको तेस्रो भिटो  
पछिल्लो भिटो सत्ता सम्हालेपछि ट्रम्पको तेस्रो हो ।  

यही वर्ष मे महिनामा ह्वाइट हाउसले आपतकाल घोषणा गरेर वियधायिकालाई बाइपास गरेर हतियारको सम्झौता अगाडि बढाएको थियो । 

यो दौरान ट्रम्पले आफ्नो फैसलाको लागि इरानसँग बढिरहेको तनावलाई जिम्मेबार ठह्राएका थिए । 

तर उनको यो फैसलापछि वाशिन्टनमा उनी विरुद्ध विरोधको सुरु भएको थियो ।

ट्रम्पकै पार्टी रिपब्लिकन पार्टी सम्बद्ध कयैन सिनेट सदस्यले पनि कुनै उपयुक्त कारण बिनै कांग्रेसलाई किनारा राखेर फैसला गरिएको भनेर आपत्ती जनाएका थिए ।  

उता, ट्रम्पले भने अमेरिकाले हतियारको विक्रि रोक्दा यमनमा जारी युद्ध लम्बिने डर व्यक्त गरेका थिए । उनका अनुसार सटिक निशानामा दाग्न सक्ने हतियार नहुदाँ धेरै आम सर्वसारधा मानिस मारिनेछन् ।  
साउदी अरब र संयुक्त अरब एमिरेट इरानविरुद्ध एउटा पर्खालजस्तै हो भएकाले पनि तिनलाई सघाउनुपर्ने ट्रम्पले बताएका छन् । 

ट्रम्प राष्ट्रपति बने यता इरान र अमेरिकाबीच तनावमा उच्च वृद्धि भएको छ । ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई नियन्त्रित राख्नको लागि अमेरिकालाई परमाणु सम्झौताबाट बाहिर निकालिदिएका थिए । 
पछिल्लो केही समयदेखि ‘स्ट्रेट अफ हरमुज’मा तेल ट्यांकरको आवगमनलाई लिएर दुवै बीच तनाव बढेको अवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप