नाच्दानाच्दै क्लबको छानो झर्यो, दुई जनाको मृत्यु
एजेन्सी । शनिबार दक्षिण कोरियाको एउटा रात्री क्लबको माथिल्लो छानो खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै दक्षिण कोरियाली नागरिक भएको पहिचान भएको छ ।
रोयर्टसका अनुसार दुर्घटनामा घाइते हुने अन्य भने धेरैजसो विदेशी छन् ।
दुर्घटनाको समय क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप(विश्व जल प्रतियोगिता)’मा सहभागी हुन दक्षिण कोरिया आएका कयैन विदेशी खेलाडी पनि थिए । उनीहरुमध्ये धेरै घाइते छन् । उद्दारकर्मीका अनुसार कूल १० मानिस घाइते छन् ।
अधिकारीहरुले घाइतेमध्य कति जना खेलाडी भएको तथ्यांक भने दिएका छैनन् ।
दुर्घटना स्थानीय समय अनुसार विहान २ बजे थियो ।
‘हामीहरु नाचिरहेका थियौं । लगत्तै उभिएको छानो पाँच, ६ मिटर तल झर्यो । त्यसपछि मानिसहरु भागदौड गरिरहेका थिए,’ न्युजील्याण्डका पानीमा खेलिने पोलो टिमका क्याप्टेन म्याट स्मलले भने ।
‘हामी तलका अरु मानिसको टाउकोमा झरेका थियौं ,’ उनले न्युजील्याण्डको रेडियो स्पोर्टलाई भने ,‘ घाइतेमध्य केहीको अवस्था चिन्ताजनक थियो,’ म्याटले भने ।
सियोलबाट ३३० किमी टाढा रहेको ग्वाङजुमा दुई हप्तादेखि प्रतियोगिता आयोजना भइरहेको थियो । पौडी, पानीमा खेलिने पोलो र डाइभिङ खेल समावेश प्रतियोगिता शनिबारनै समापन हुने कार्यक्रम थियो ।
ग्वाङजु प्रहरी अधिकारीले क्लबका दुई सह–संचालक र अन्य दुई कर्मचारीसँग नाइटक्लबको विस्तार र पुनरनिर्माणबारे प्रश्न गरिरहेको बताएका छन् ।
घाइते भएका खेलाडि धेरै जसो पानीमा खेलिने पोलोका सदस्य भएको पुष्टि भएको छ र ती अष्ट्रेलिया, न्यु जील्याण्ड, अमेरिका र ब्राजिलका छन् ।
महिलाको पानीमा खेलिने पोलो खेल भने शुक्रबारनै समापन भइसकेको छ । त्यसमा अमेरिकाले स्पेनलाई हराएर स्वर्ण पदक जित्यो र स्पेन रजतमै चित्त बुझाउनु परेको थियो ।
उता तेस्रो स्थानको लागि भएको खेलमा अष्ट्रेलियाले हंगेरीमाथि जित हासिल गरेर कास्य पदक कब्जा गर्यो ।
अष्ट्रेलियाको पानीमा खेलिने पोलोका खेलाडी क्लबमा भए पनि सकुशल रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण