बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान

मङ्गलबार, १४ साउन २०७६, १२ : ०७
मङ्गलबार, १४ साउन २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । 

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।  

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ । 

अध्यक्षद्वय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप