घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई ३० हजार घुस दिन खोज्ने पक्राउ
मङ्गलबार, १४ साउन २०७६, १२ : ४४
काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका १८ वर्षीय रञ्जन दासलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण