बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राजपा अध्यक्षमण्डल बैठकमा यी एजेण्डामा हुँदैछ छलफल

मङ्गलबार, १४ साउन २०७६, १३ : ०४
मङ्गलबार, १४ साउन २०७६

काठमाडौँ । लामो समयदेखि स्थगित रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका बैठक आज बसिरहेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा अगामी महाधिवेशनको तयारी, काँग्रेससँग कार्यगत एकता, संसदमा विभिन्न दलसँग भइरहेको एकीकरणको प्रयास लगायतका विषयमा छलफल भइरहेको राजपा नेपालका सचिव सञ्जय यादवले जानकारी गराए ।

राजकिशोर यादव राजपा नेपाल अध्यक्षमण्डलको संयोजक भएपछि यो पहिलो बैठक हो । राजपा नेपालले कात्तिक २८, २९ र ३० गते महाधिवेशन गर्ने मिति तय गरेको छ ।

उता, समाजवादी पार्टी, नेपालसँग एकताको विषयमा अनौपचारिक वार्ता पनि भइरहेको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढेको नेताहरु बताउँछन् । तर दलको नेतृत्व कसले गर्ने पदाधिकारी बाँडफाँड कसरी गर्ने त्यसमा सहमति हुन नसकेको स्रोतहरु बताउँछन् ।

त्यस्तै, राजपा नेपालले संसदमा काँग्रेससँग कार्यगत एकता गर्दै संघर्षमा उत्रेका छन् ।

सर्लाहीका कुमार पोडेल र सरोजनारायण सिंहको हत्यालाई लिएर संसदमा अवाज उठाउन काँग्रेस र राजपाबीच कार्यगत एकता भएको छ ।

सो कार्यगत एकतालाई निरन्तरता दिनका लागि पनि दुई दलको बीचमा छलफल भइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप