लगातार संसद बैठक अवरुद्ध : प्रतिपक्ष सांसदको आज पनि नारावाजी
बुधबार, १५ साउन २०७६, ११ : २३
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकलाई पनि प्रतिपक्षी दलका सांसदहरुको अवरुद्ध पारेका छन् ।
निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका हुन् ।
उनीहरुले संसदमा नारावाजी समेत गरेका छन् ।
सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाएका छन् ।
सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन् ।
यसअघि गत सोमबारको बैठक पनि अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण