निश्चल र स्वस्तिमालाई आदर्श दम्पत्ति सम्मान
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो ।
ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम् ललित फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा तिज माईतिमेला २०७६ गरिएको छ । शनिबारसम्म चल्ने यो तिज मेलाको उद्घाटन समारोहमा निश्चल र स्वस्तिमा विशेष अतिथि बनेर पुगेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन् । यसरी बिहिबार सो कार्यक्रममा सम्मानित भएपछि अभिनेत्री स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति यसरी खुसी व्यक्त गरे ।
अभिनेता स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन् । उनको नयाँ फिल्म हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुँदैछ । यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।
ललित फरिया घरले आयोजना गरेको सो तिज मेला शनिबार १८ साउनसम्म चल्ने छ । आयोजक मिना न्यौपाने रिमालले तिजको अबसर पारेर यो मेला आयोजना गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण