महन्थ ठाकुर दिल्ली प्रस्थान
काठमाडौ साउन १८–भारतीय जासुसी संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि नेताहरुको विदेश दौडधुप बाक्लिएको छ ।
स्वास्थ्य उपचारको लागि भन्दै कोही सिगांपुर त कोही दुवई त कोही भारत गएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन १४ गते दुवई गएका छन् भने आज राती प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गर्दैछन् ।
यता, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारत गएका छन् । संयोग तीनजनाको एउटै उद्देश्य हो स्वास्थ्य उपचार ।
प्रचण्डले आफ्ना श्रीमती सीता दाहालको उपचारका लागि दुवई गएका हुन् भने प्रधाधानमन्त्री ओली पनि स्वास्थ्य उपचारका लागि सिगांपुर जाँदैछन् । त्यस्तै राजपा अध्यक्षमण्डलका सदस्य ठाकुर पनि उपचारकै लागि भारत गएका छन् ।
यी तीनैजना राजनीतिक भेटघाट गर्ने स्रोतको दावी छ । तर कसले कोसँग भेट गर्ने त्यो कुरा गोप्य राखिएको छ ।
राजपा नेपालका महामन्त्री सुरेन्द्र झाले महन्थ ठाकुर आफ्नो स्वास्थ्य उपचारका लागि दिल्ली गएको बताए ।
अध्यक्षमण्डलका सदस्य ठाकुर भन्छन्, ‘मे महिनामै नियमित चेकअपका लागि दिल्ली जानु पर्ने थियो तर बाढी पहिरोका कारण जान पाइएन ।’
उनले त्यहाँ कुनै प्रकारको राजनीतिक भेटघाट नरहेको पनि दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण