मिथिलामा मधुमास पर्व यसरी सकियो
जनकपुर । मिथिलाञ्चलमा आज मिथिलानी नवविवाहिताहरुको मधुमास सकिएको छ ।
मैथिल नवविवाहिता महिलाहरुले मनाउने मधुश्रावणी पर्व टेमी विधिसंगै शनिवार सम्पन्न भयो । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइन्छ ।
पर्वको अन्तिम दिन घुडामा टेमी दाग्दै विधिसँगै सम्पन्न भएको हो । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढिवादी परम्परामा आधारित भएको मानिन्छ । तर पनि हिन्दु धार्मिक, सांस्कृतिक मान्यताको प्रतीकको रुपमा रहेजो लोक कथा अनुसार टेमी विधिवत रुपमा डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ ।
१३औं दिनसम्म मनाइने यस पर्वमा विभिन्न गीत गाउँदै साथीहरूसँगै फूलबारीमा फूल टिप्दै पर्व मनाइन्छ ।
वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिको प्रतीक भएकाले यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नाग–नागिनको पूजा गरिन्छ ।
साउन महिनाको मौना पञ्चमीदेखि शुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ । यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले मनाएका छन् । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरु नवविवाहिता महिलाहरुलाई सुनाइने गरिन्छ ।
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद एवं मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले बताए ।
१३ दिनसम्म मनाइएकमो यो पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गंगा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बाल वसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा सुनाइने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण