रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको मृत्यु
रामहरि श्रेष्ठ
ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३९ बर्षिय मकर तामाङ रहेको वडा अध्यक्ष हेम कुमार सुनुवारले बताए । शनिबार बिहान तामाङले मदिरा भनि मछिनोको तेल सेवन गरेको पारिवारीक श्रोतलाई उदृत गर्दै वडा अध्यक्ष सुनुवारले बताए ।
शुक्रबार बेलुकादेखी नै मदिरामा मात्तिएका तामाङले बिहानीपख तेल सेवन गरेको उनको भनाई छ । मृतक तामाङले बिगत नौ बर्षदेखी पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए ।
उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनि सेवन गरेपछि बिरामी परेको र परिवार तथा स्थानियको सहयोगमा उद्धार गरी अस्पताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको वडा अध्यक्ष सुनुवारको भनाई छ ।
मृतक तामाङको शवलाई पोष्टमाटमका लागी लैजान कानुनी प्रकृया पुरा गर्न लगिएको पारिवारीक श्रोतले जनाएको छ । तामाङका हाल दुई छोरा र दुई छोरी छन् । मछिनोको तेल बिषेश गरी हातखुट्टा ठोक्किएको र मर्किएको भागमा लगाएर मालिस गर्नमा प्रयोग गरिन्छ । यसको बजारमूल्य हाल प्रति लिटर ८ हजार रुपौया रहेको छ । यसको बजार अन्तराष्ट्रिय स्तरमा चिनसम्म रहेको बिज्ञहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण