१ अर्बको ठेक्का, प्रगति शून्य
विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् ।
काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो ।
ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ ।
कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा नवीन लामिछानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण