कर्मचारीलाई कार्यालय समयमा निस्कन निषेध !
सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ ।
कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई गरेको हो ।
कार्यालय समयमा कर्मचारी बाहिर निस्किदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य रुपमा लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
कार्य सम्पादन सम्झौतालाई कार्यान्वयनमा ल्याउन निर्देशनसंगै सोको पालना गर्न र गराउने बाध्यात्मक अवस्था उत्पन्न भएको प्रवक्ता भुपाल बरालको भनाइ छ । उनका अनुसार सेवाप्रवाह चुस्त बनाउन र जवाफदेहीता बढाउन हरेक महिना र्बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ।
अबदेखि मन्त्रालय र मातहतका निकायले प्रत्येक महिनाको १ गते दिउ“सो कामको गतिविधि र प्रभावकारितासम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण