मुस्लिम समुदायले मनाए बकर इद (फोटोफिचर )
सोमबार, २७ साउन २०७६, १२ : २९
काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व बकर इद देशभरका मस्जिदमा मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ ।
आजकै दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् ।
बकर इदका अवसरमा सोमबार दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदलगायतमा मुस्लिम समुदायका मानिसहरु नमाज पढ्न घुइँचो लागेको छ ।
२०६८ सालको जनगणनामा नेपालको कुल जनसख्यामध्ये ४ दशमलब ४ प्रतिशत मुस्लिम समुदायको बसोबास छ ।
यस पर्वका अवसरमा प्रदेश २ र ५ मा सार्वजनिक विदा दिइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण