एक वर्षमै साढे ३४ अर्बको सुन आयात
बुधबार, २९ साउन २०७६, ०६ : ३८
मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ ।
अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् ।
भन्सार विभागका अनुसार आव ०७५÷७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ । विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकोले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण