मेस्सी, रोनाल्डो र भानडिज्क उत्कृष्टको अन्तिम सूचीमा
एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले उत्कृष्ट बर्ष पुरुष खेलाडीमा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
अन्तिम तीनमा स्पेनिस महारथि बार्सिलोनाका स्टार लियोनल मेस्सी, इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो र च्यापियन्स लिग विजेता इङ्लिस क्लब लिभरपुलका स्टार भर्जिल भानडिज्क परेका छन् । उत्कृष्टको होडबाट लिभरपुलका साडियो माने र मोहमद सलाह भने बाहिरिएका छन् ।
युईएफएको ‘गोल अफ दी ईयर अवार्ड’ समेत जितेका मेस्सीले गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगा जिताएका थिए । उनले ५१ गोल पनि गरेका थिए ।
यसैगरी रोनाल्डोले युभेन्ट्सलाई डेब्युमै लिग च्याम्पियन बनाए । उनले सिजनमा २८ गोल समेत गरे । पोर्चुगललाई युईएफए नेसन्स लिग फुटबल उपाधि दिलाउन पनि रोनाल्डोको भूमिका उल्लेख्य थियो ।
यसैगरी भानडिज्कले पनि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन ठूलो योगदान गरे । प्रिमियर लिगको उपविजेता बनेको लिभरपुल म्यानचेस्टर सिटीसँग केवल एक अंकले पछि परेको थियो ।
युईएफएले अगस्ट २९ तारिख विशेष कार्यक्रमगरी उत्कृष्ट खेलाडी घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण