हङकङ प्रहरीद्वारा तीन महिनाको अवधिमा ७४८ प्रदर्शनकारीलाई पक्राउ
हङकङ-हङकङ प्रहरीले गत जुनदेखि शुरू भएको आन्दोलनमा सहभागी ७४८ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको हङकङ प्रहरीले बिहीबार जानकारी गराएको छ ।
जुन ९ गतेदेखि भएका विरोध तथा प्रदर्शन कार्यक्रमका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
हङकङ प्रहरीको जनसम्पर्क शाखाका वरिष्ठ प्रहरी उपरिक्षक कोङ विङ–चेउङले हङकङमा प्रदर्शनकारीको पक्राउ परेको जानकारी दिँदै भने, “प्रहरी प्रशासनले पक्राउ परेकामध्ये ११५ जनाविरूद्ध विभिन्न आक्रमणमा दोषी भएको आरोपमा मुद्धा चलाएको छ ।”
कोङका अनुसार प्रहरीले १७ जनालाई बुधबार शाम शुई पो र टीन शुई वेईस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेको आरोपमा हिरासतमा लिई अनुसन्धान थालिएको छ । पक्राउ परेकामा दुई महिलासमेत रहेका र उनीहरू १५ बर्षदेखि ६१ बर्ष उमेर समूहका नागरिक रहेका छन् ।
उनले भने, “पक्राउ परेका सबैजनालाई प्रशासनले निशेध गरेको स्थानमा भेला भएको, गैरकानूनीरूपमा पटाका तथा अतिसबाजी गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको, गैरकानूनीरूपमा हतियार राखेको, सार्वजनिक सामान क्षति गरेको र आगलागीको प्रयास गरेको आरोपमा पक्राउ गरी छानविन भइरहेको छ ।”
प्रदर्शनकारी र प्रहरीबीच यो समयमा भएका झडपमा परी ११ महिला प्रहरीसहित १७७ प्रहरी घाइते भएका छन् । -सिन्ह्वा/photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण