टोट्टनहामसँग बराबरीमा रोकियो सिटी
इङ्लिस प्रिमियर लिग फुटबलको साविकको विजेता म्यानचेस्टर सिटी र टोट्टनहाम हस्टपरसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सिटीले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो एग्युरो गोल गरे । टोट्टनहामका इरिक लमेला र लुकास मोउराले गोल गरे । सिटीले २०औं मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो । रहिमले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । त्यसपछि २३औं मिनेटमा टोट्टनहामका इरिक लमेलाले बराबरी गोल फर्काए । ३५औं मिनेटमा एग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । टोट्टनहामले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काएको थियो ।
टोट्टनहामका लुकास मोउराले मैदान छिर्नासाथ एकल प्रयासमा गोल गरे । ५६औं मिनेटमा ह्यारी विङ्सको स्थानमा मैदान छिरेका मौउराले वान टचमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै लिगमा दुई खेल सकेको सिटी र टोट्टनहामले समान चार अंक बनाएका छन् । लिगको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण