टोट्टनहामसँग बराबरीमा रोकियो सिटी
इङ्लिस प्रिमियर लिग फुटबलको साविकको विजेता म्यानचेस्टर सिटी र टोट्टनहाम हस्टपरसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सिटीले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो एग्युरो गोल गरे । टोट्टनहामका इरिक लमेला र लुकास मोउराले गोल गरे । सिटीले २०औं मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो । रहिमले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । त्यसपछि २३औं मिनेटमा टोट्टनहामका इरिक लमेलाले बराबरी गोल फर्काए । ३५औं मिनेटमा एग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । टोट्टनहामले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काएको थियो ।
टोट्टनहामका लुकास मोउराले मैदान छिर्नासाथ एकल प्रयासमा गोल गरे । ५६औं मिनेटमा ह्यारी विङ्सको स्थानमा मैदान छिरेका मौउराले वान टचमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै लिगमा दुई खेल सकेको सिटी र टोट्टनहामले समान चार अंक बनाएका छन् । लिगको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित