लेस्टरसँग बराबरीमा रोकियो चेल्सी
इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० गोलले पराजित भएको थियो ।
घरेलु मैदानमा चेल्सीले सातौं मिनेटमै अग्रता लिएको थियो । चेल्सीका मसोन माउन्टले सुरुवाती गोल गरेका थिए । लेस्टर सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ६७औं मिनेटमा लेस्टरका विल्फ्रेड एनडीडीले बराबरी गोल गरेका थिए । बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । सिजनको सुरुवातमै चेल्सीले खराव नतिजा निकालेपछि भर्खर टोलीको प्रशिक्षक बनेका फ्रान्क लाम्पार्डमाथि दबाब थपिएको छ । पूर्व स्टार लाम्पार्डलाई चेल्सीले यसै सिजन प्रशिक्षकको जिम्मेबारी सुम्पिएको थियो ।
यसैगरी आइतबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको छ । घरेलु मैदानमा सेफिल्डलाई जिताउन जोन लुन्ड्सट्रमले ४७औं मिनेटमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण