लेस्टरसँग बराबरीमा रोकियो चेल्सी
इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० गोलले पराजित भएको थियो ।
घरेलु मैदानमा चेल्सीले सातौं मिनेटमै अग्रता लिएको थियो । चेल्सीका मसोन माउन्टले सुरुवाती गोल गरेका थिए । लेस्टर सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ६७औं मिनेटमा लेस्टरका विल्फ्रेड एनडीडीले बराबरी गोल गरेका थिए । बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । सिजनको सुरुवातमै चेल्सीले खराव नतिजा निकालेपछि भर्खर टोलीको प्रशिक्षक बनेका फ्रान्क लाम्पार्डमाथि दबाब थपिएको छ । पूर्व स्टार लाम्पार्डलाई चेल्सीले यसै सिजन प्रशिक्षकको जिम्मेबारी सुम्पिएको थियो ।
यसैगरी आइतबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको छ । घरेलु मैदानमा सेफिल्डलाई जिताउन जोन लुन्ड्सट्रमले ४७औं मिनेटमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा
-
कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ