पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
मङ्गलबार, ०३ भदौ २०७६, १४ : ३४
नवलपरासी– पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले ठक्कर दिँदा ना४५प २१०७ नंको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण