ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनायो : विमलेन्द्र निधि
बुटवल– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
नेता निधिले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश सरकार कमजोर भएको बताए । केन्द्र सरकारका कारण सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको उनको दाबी छ ।
सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताउँदै उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संविधान र संघीयता धरापमा परेको आरोप लगाए । पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्सु भएको समेत दाबी गरे ।
नेता निधिले काँगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै पार्टी संविधान र संघीयताको पक्षमा रहेको बताए । राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा सो पार्टीले प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण