कांग्रेसमा छलफलबिनै एजेन्डा पारित
बुधबार, ०४ भदौ २०७६, ०६ : ०५
कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।
काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।
असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो । यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण