संसदमा बहस: जलश्रोतसम्बन्धि सम्झौता भारतले पालना गरेन
काठमाडौं– सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौतालगायत अन्य सम्झौताको व्यवस्थाअनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।
सांसद सुमनराज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपूर्तिअनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पीडित बनेको बताए । सांसद प्याकुरेलले आजबाट सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग वार्ता गर्न माग गरे ।
यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गरे । दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडकजस्ता बिषयमा भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए । आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने बताए ।
राष्ट्रियसभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण