पोखरामा ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु
पोखरा– पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दिउँसो करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
ठक्कर दिने ट्रक चालक बागलुङ, धम्जा ७ का ३७ वर्षीय उजिरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए । अहिले चालक र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई सकेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण