पोखरामा ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

पोखरा– पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दिउँसो करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
ठक्कर दिने ट्रक चालक बागलुङ, धम्जा ७ का ३७ वर्षीय उजिरबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए । अहिले चालक र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई सकेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत
-
विमान दुर्घटनापछि घट्यो बोइङको सेयर
-
यस्तो छ भारतमा यात्रुवाहक विमान दुर्घटनाको इतिहास
-
प्रतिपक्षी दलहरूको एक स्वर : भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्छ
-
अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
-
२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना