एक महिनामा ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन
काठमाडौं– सरकारले चालू आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो ।
अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलवन्धी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाईएको तथा एउटा फर्म विरुद्ध मुद्धा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए । ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए ।
विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए ।
उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मूल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु बिक्रिमा नरोकिएको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण