नक्कली भारु नोटसहित दुई जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले वीरगञ्जबाट नक्कली भारु नोटसहित दुई जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दीलिप साह र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन् ।
उनीहरुको साथबाट दुई हजार दरको नक्कली भारु नोट ९५ थान अर्थात एक लाख ९० हजार नक्कली भारु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
वीरगन्जबाट रक्सौल पैदल जादै गरेका दुवै जनालाई वीरगन्ज १६ इदगाह चोकमा प्रहरीले शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट दुइ हजार दरको ९५ थान नक्कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
नक्कली भारु नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रौठारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण