श्रीमतीकै योजनामा श्रीमानको हत्या
निकेश खनाल
महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएका श्रवण थापाकी श्रीमती पूजा थापाले नै पेसेवर अपराधी मार्फत् श्रीमानको हत्या गराएको खुलासा भएको छ ।
महोत्तरी प्रहरीका अनुसार बर्दिवास नगरपालिका–३ गौरिडाँडाका ३६ वर्षे सरोज भनिने श्रवन थापालाई श्रीमती पूजा थापाको योजनामा श्रवणको हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जानकारी दिए।
मृतकको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास ३ स्थित स्मृति पार्क नजिकै फेला परेको थियो । पूजाले माइतीको बहिनीमार्फत पेसेवर अपराधी लगाएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ।
मृतकको टाउकोको पछाडि ढुङ्गा र रडले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको छ । हत्याको आरोपमो ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह, वडा–२ का मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा र टिआई सहनी पक्राउ परेको महोत्तरी प्रहरीले जनएको छ । हत्या गराउन पूजाले साढे ४ लाख पक्राउ पर्नेहरुलाई दिएकोे खुलेको छ । हत्यामा एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । जस्मध्ये अन्य आरोपीे फरार छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले एक महिनादेखि हत्याको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी अनुसन्धान अधिकृत अशोक शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण