पूर्व राजा र विप्लवबाट गणतन्त्रमाथि खतरा बढ्यो भन्नु हाँस्यास्पद : कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघियतामाथी खत्तरा बढेको बताएका छन्।
केही दिन अगाडी बालुवाटारमा बसेको सर्बदलीय बैठकलाई लक्षित गर्दै डा कोइरालाले भने, ‘पूर्व राजा र बिप्लव समुहबाट गणतन्त्रमाथि खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ,यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पूर्व राजा र विप्लव समुहबाट ? खतरा त तपाईंहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’
जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीतिक यथास्थिती र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्ने क्रममा डा शेखरले कम्युनिष्टहरु व्यवस्था परिवर्तन या संसदीय व्यवस्थाको विकल्प खोज्ने तर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनीसमेत दिए।
मञ्चमा रहेका कम्युनिष्ट नेताहरुप्रती लक्षित गर्दै कोइरालाले भने,ू ‘संसदीय व्यवस्था बिरुद्धको लडाईमा लाग्नुहुन्छ भने यो व्यवस्था जोगाउन हामी पनि जस्तोसुकै लडाई लड्न पनि तयार छौँ ।’
विप्लव समुहलाई वार्ता गरेर राजनैतीक प्रक्रियाबाट मुलधारमा ल्याउनुको विकल्प नभएको बताउँदै डा कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्वन्द्व निम्त्याउॅन खोजेको बताए।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किंराती,पुर्व सांसद एकराज भण्डारी,पत्रकार एवम् बाम विष्लेषक नरेन्द्रजंग पिटर लगायतले देशमा अब संसदीय व्यवस्था आवश्यक नरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण