पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना
काठमाडौं । पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।
पतञ्जली योगपीठका बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बालकृष्णलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका हुन् ।
बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन् । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।
एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए ।
बालकृष्णको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण