रविलाई शालिकरामको म्यासेज
अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकारी देखिँदैनन् ।
शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ ।
उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ ।
उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्काउने मान्छेले मलाई धोका दिएकी छ ।’
शुक्रबार मात्र पत्रकार टेकनारायण भट्टराई मार्फत् बाहिरिएको रविको अडियो अन्तरवार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् ।
शालिकराम विवाहित रहेको थाहा पाएपछि पनि शालिकरामले बारम्बार मानसिक तनाव दिन थालेपछि अस्मिताले सम्बन्धबाट छुटाकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय रहेको देखिन्छ ।
अस्मिताले न्युज २४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राखेको र समस्या समाधान निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् ।
शालिकरामले आत्महत्या गरेको दुई दिनपछि न्युज २४ बाट अस्मितालाई फोन गएको देखिन्छ । शालिकरामको आत्महत्यापछि किन न्युज २४ले बारम्बर अस्म्तिाको अन्तरवार्ता गर्ने प्रयास गर्यो ? के त्यसमा रविको कुनै भूमिका थियो । यसबारे भने तथ्य खुलेको छैन ।
आजको कान्तिपुरमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण