गजल : आदत
शनिबार, ०७ भदौ २०७६, ११ : २७
- पिपला ढुङ्गाना
मुटुभित्र दुखाउने घाउ त्यो पुरानै
दुखाएरै जाने उसको दाउ त्यो पुरानै !!
विर्सन त खोजेँ तर भनेजस्तो कहाँ
डुबाउने जिन्दगीको तलाउ त्यो पुरानै !!
तिर्नु थियो थोरै ऋण जीवन बाँच्ने सिकाइको
लिलामी नै गर्यो आखिर साहु त्यो पुरानै !!
फर्कन्छु लौ भन्छु र नि किन तान्छ यो सहरले
बिर्साएर आफ्नो प्यारो गाउँ त्यो पुरानै !!
मेट्छु मेट्छु भने पनि मर्नु गाह्रो हुने रैछ
निकाल्नलाई अन्तरमनको छाउ त्यो पुरानै !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण