मेक्सिकोमा अनलाइन प्रमुखको छुरा प्रहार गरी हत्या
टोलुका– मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।
मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।
सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ ।
मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण