रित्तै गाउँमा योजनै योजना, बजेटमा हालिमुहाली
सोमबार, ०९ भदौ २०७६, ०६ : २०
गाउँमा ४१ परिवार थिए । त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके । उनीहरु उतै मग्नमस्त छन् । ११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ ।
यो बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ हो । गाउँले नभएर के भो ? यहाँ विकासका योजना भने फालाफाल छन् ।
गत वर्ष मात्र यहाँ २ करोड रुपैयाँ लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन् । केही योजना बने । केही बनेका छैनन् ।
तर कागजमा ती बनिसके । काम नभए पनि सम्पन्न भएको देखाएर ‘बाँडीचुँडी खान’ रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा डीआर पन्तले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण