मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दुई महिलाको साथबाट गाँजा वरामद

सोमबार, ०९ भदौ २०७६, ०९ : ५७
सोमबार, ०९ भदौ २०७६

पाल्पाको प्रहरीले एक गाडीमा खानतलासी गर्दा दुई महिलाको साथबाट बुटवलतर्फ लैजाँदै गरेको अवैध लागुपदार्थ गाँजा बरामद गरेको छ ।

लु १ ख ५५४७ नम्वरको बसमा खानतलासी गर्दा  तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० विना रानाको साथबाट बोरामा  लुकाई राखेको ९ सय  ग्राम गाँजा  दोभान प्रहरी चौकबाट सई बालबहादुर घर्तिको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

ती दुबै महिलालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप