पुडासैनी मृत्यु प्रकरण : लामिछाने र कँडेलको बयान सकियो, थुनछेक बहस सुरु
सोमबार, ०९ भदौ २०७६, १३ : ०९
काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।
उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।
थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सरकारले भदौ ८ गते लामिछानेविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
