चीनका नीतिकथा : धैर्य
एकजना पढाकु लोकसेवा पास गरेर सरकारी अधिकृत पदमा नियुक्त भयो । नियुक्तिको खुसियालीमा उसले साथीहरुलाई चियापार्टी दियो । पार्टीमा एकजना हितैषीले भन्यो, “तिमी बढी जनसम्पर्क हुने अड्डामा हाकिमको काम गर्न जाँदैछौ, तिमीले हरेक क्षण धैर्यले काम लिन सक्नुपर्छ ।”
“ठीक हो, मैले पनि त्यसरी नै बुझेको छु, पढाकुले बडो उत्साहका साथ हितैषी–साथीको सुझाव सकार्यो ।
एकछिनपछि मित्रले पुनः त्यही सुझाव दोहोर्यायो । पढाकुले पुनः मुस्कुराउँदै त्यो सुझाव सकार्यो ।
एकछिनपछि मित्रले पुनः त्यही सुझाव दोहोर्यायो । पढाकुले पुनः मुस्कुराउँदै त्यो सुझाव सकार्यो ।
हितैषीले फेरि दुई पटक त्यही सुझाव राख्यो । अबको पटक पढाकुसित पहिले जसरी सुझाव सकार्ने धैर्य रहेन । “के तिमी मलाई बुद्धिहीन लफङ्गो ठान्छौ ? नत्र एउटै सुझाव ४ पटकसम्म दाहो र्याउन किन आवश्यक पर्छ हँ ?”, पढाकु गर्ज्यो ।
हितैषी मित्रले भन्यो, “मेरा बुद्धिमान् र विद्वान् साथी, धैर्य लिनु भनेको कुनै सजिलो र मामुली कुरा हैन बुझ्नुभयो ? मैले सकारात्मक कुरा तीन पटक दोहोर्याउँदा त तपाईंसँग त्यो सुन्ने धैर्य रहेन । अब थप सोंच्नोस् त !”
हितैषी मित्रको यो प्रतिक्रियाले पढाकु अधिकृत अलमलमा पर्यो । केही बोल्न सकेन । पार्टीमा उपस्थित सबैजना उसलाई हेरेर मुस्कुराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण