नेकपामा सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाइने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेताहरुको बारेमा सार्वजनिक रुपमा आलोचना गर्न नपाउने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासनको स्तर गिर्दो अवस्थामा रहेको र त्यसलाई सुधार गर्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए ।
आज प्रचण्डकै पहिलो अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी भित्र अनुशासन कायम नभएको भन्दै त्यसलाई सुधार गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले पार्टीको केन्द्रदेखि तलसम्मका नेताहरुले नेताहरुका बारेमा केही कुरा व्यक्तिगतरुपमा उठानु परेमा त्यसलाई पहिला पार्टीभित्र राख्नुपर्ने निर्णय गरेको बताए ।
उनका अनुसार यदि पार्टीभित्रका नेता कार्यकर्तासँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा नराखी सार्वजनिक रुपमा राखे स्पष्टिकरणको प्रक्रिया अगाडि बढाउने र आवश्यक कारवाहि गरिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई