नेकपामा सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाइने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेताहरुको बारेमा सार्वजनिक रुपमा आलोचना गर्न नपाउने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासनको स्तर गिर्दो अवस्थामा रहेको र त्यसलाई सुधार गर्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए ।
आज प्रचण्डकै पहिलो अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी भित्र अनुशासन कायम नभएको भन्दै त्यसलाई सुधार गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले पार्टीको केन्द्रदेखि तलसम्मका नेताहरुले नेताहरुका बारेमा केही कुरा व्यक्तिगतरुपमा उठानु परेमा त्यसलाई पहिला पार्टीभित्र राख्नुपर्ने निर्णय गरेको बताए ।
उनका अनुसार यदि पार्टीभित्रका नेता कार्यकर्तासँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा नराखी सार्वजनिक रुपमा राखे स्पष्टिकरणको प्रक्रिया अगाडि बढाउने र आवश्यक कारवाहि गरिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण