संघीय शिक्षा नीति अन्तिम चरणमा
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले शिक्षा सम्बन्धी तीनै तहले गर्नुपर्ने कामको बारेका समग्र पक्ष समेटेर सरकारले संघीय शिक्षा नीति बनाएको र सो नीतिबारे प्रधानमन्त्री सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल पनि भएको जानकारी दिएका हुन् ।
उनले शिक्षा नीतिका सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीबीचको बुझाई फरक भएको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे । उनले संघीय शिक्षा नीतिमा संघीय शिक्षा सम्बन्धी तीनै तहले गर्नुपर्ने काम र समग्र पक्षको बारेमा व्यवस्था गरिएको पनि उनले उल्लेख गरे । शिक्षा नीति निर्माण गर्ने क्रममा उच्चस्तरीय शिक्षा आयोग गठन भएको र आयोगको प्रतिवेदन अनुसार नै प्रधानमन्त्रीको निर्देशनमा आयोगमै भएका सदस्यहरु मध्येबाट ६ जना विज्ञ सम्मिलित समूहले नीति बनाउने काम गरेको उनले जानकारी दिए । उनले नीति पारित भएपछि सरकारले उच्चशिक्षा सम्बन्धित र विद्यालय र प्राविधिक शिक्षा सम्बन्धीत दुईवटा ऐन ल्याउने विश्वास दिलाए ।
सांसदहरुले शिक्षा नीति र संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईबारे प्रश्न गरेका थिए । प्रधानमन्त्री र विभागिय मन्त्रीको बुझाईमा भिन्नता भएका कारण नीति र ऐन निर्माणमा ढिलाई भएको भन्ने कुरा आएको भन्दै उनीहरुले त्यसबारे पनि जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण