हङकङका दुई क्रिकेटरलाई आजीवन प्रतिबन्ध
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले म्याच फिक्सिङमा सम्लग्न भएको आरोपमा हङकङका दुई खेलाडीलाई क्रिकेटमा आजीवन र एक जनालाई पाँच बर्ष प्रतिबन्धको कारबाही गरेको छ ।
आईसीसीले इरफान अहमद र नादीम अहमदलाई आजीवन प्रतिबन्ध र हसिब अमजादलाई पाँच बर्ष प्रतिबन्ध लगाएको हो । आईसीसीले क्रिकेटको एन्टी करप्सनको नियम उल्लङ्घन गरेको भन्दै खेलाडीलाई प्रतिबन्ध गरिएको उल्लेख पनि गरेको छ । यी तीन खेलाडीले स्कटल्यान्ड र क्यानाडासँगको खेलमा फिक्सिङ गरेको आईसीसीले जनाएको छ ।
आईसीसीले इरफान, नादीम र हसिबले अन्य अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पनि फिक्सिङ गर्न खोजेको उल्लेख गरेको छ । आईसीसीका जनरल म्यानेजर एलेक्स मार्सलले गहन र निकै लामो अनुसन्धानबाट खेलाडीको गल्ती पत्ता लगाएको बताए । ‘अनुसन्धान गाह्रो प्रक्रिया थियो । अनुभवी खेलाडीबाट अनुचित काम भएको छ । लामो अनुसन्धानबाट खेलाडीहरु गलत रहेको देखिएका छन्,’ मार्सलले भने । यस कारबाहीले अन्य खेलाडीलाई गलत काम गर्नबाट सजग गराउने आईसीसीले विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण