८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका कारण सुरक्षा चुनौती: प्रहरी नायव महानिरीक्षक कार्की
जनकपुर– प्रदेश नम्बर २ प्रहरी कार्यालयले एक वर्षमा उल्लेखनीय कार्य गरेको तथ्यांक सार्वजनिक गरेको छ । जनकपुरस्थित प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
महानिरीक्षक कार्कीले कार्यालयमा आएको डेढ महिनापछि पत्रकारसँग भेटघाट गरी प्रदेश नम्बर २ मा अवैध मदिरा, लागू औषध तथा तस्करी मुख्य चुनौती रहेको बताए । प्रदेशका ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका कारण अवैध क्रियाकलाप तथा तस्करी नियन्त्रण मुख्य चुनौती रहेको उनले बताए ।
पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रदेशमा विभिन्न प्रकारका तस्करी बढेको दाबी गर्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने– ‘प्रहरी संगठनलाई सुढुढ पारी विशेष प्राथमिकतामा राखी तस्करी रोक्ने छु ।’
भारतीय सीमा भएर लागू औषध, खाद्यान्न समाग्री, सुन चाँदी, लत्ताकपडा लगायत भन्सार छली गरी ओसारपसार हुने गरेको बताउँदै उनले यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरे । ‘तस्करी रोक्न यसअघि पनि विभिन्न पहल भएको छ,’ उनले भने, ‘तर, पूर्ण रुपमा प्रभावकारी भएको छैन ।’ तस्करी नियन्त्रण हुन नसक्नुको अर्को चुनौती समान ओसारपसार गर्ने व्यक्ति मुख्य कारोबारी नभएको हुनाले प्रहरीलाई नियन्त्रण गर्न असहज भएको उनले बताए ।
लागूऔषध ओसारपसारमा भारतीय सुरक्षा अधिकारीसँग समन्वय भए पनि त्यो अनुरुप काम हुन नसकेको भन्दै यसलाई न्युनिकरण गर्न सबै नागरिकलाई सहयोग गर्न उनले सुझाए । गत वर्ष १८ करोड ६४ लाख मूल्य बराबरको समानसहित २ सय ८५ जनालाई पक्राउ गरेको समेत उनले बताए ।
‘गत वर्ष नै सुन १ केजी २५ दशमलव ३३ तौला ३४ लाल समातेको छ,’ उनले भने, ‘चाँदी ५६ केजी ६४ तौला १ सय ६४ दशमलव ७६ ग्रामसहित ३२ जनालाई पक्राउ गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा गाँजा २५ सय ४० दशमलव ९ सय ९८ किल्लो ग्राम, ब्राउन सुगर एक किलो एकसय ५१ ग्राम ५ मिलीग्राम, ह्वाइट सुगर २ ग्राम ८० मिलीग्राम चरेस सात सय २९ किल्लो ८ सय ४८ ग्राम चार सय मिलीग्राम अन्य औषधीजस्तो लागू औषधसहित एक हजार २२ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख छ ।
खुल्ला सीमा नाकाको कारण तस्करी कारोबार फस्टाएको भन्दै यसलाई विशेष निगरानी गरी न्युनिकरण गर्ने उनले औंल्याए । प्रहरीको मिलोमतोमा तस्करी बढेको जिज्ञासाबारे प्रष्ट पार्दै उनले प्रहरी संगठनको सुधार भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण